arrow

च्याम्पियन्स लिगमा लिभरपुल निरीह, रियाल मड्रिडको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
real-madrid-liverpool.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिडले युईएफए च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटिनमा इङ्गलिश प्रिमियर क्लब लिभरपुलमाथि शानदार  जित हासिल गरेको छ । रियालले घरेलु टोली लिभरपुलमाथि ५–२ को शानदार जित दर्ता गरेको हो ।

एन्फिल्डमा मंगलबार राति भएको खेलमा साविक विजेता रियाल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १ –० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । 

 तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियालका भिनिसियसले २–२ गोलको बराबरीमा ल्याए । 

४७औं मिनेटमा  मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियाललाई खेलमा ३–२ ले अघि बढाए । 

५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियाललाई सानदार पूनरागमन जित दिलाए । 

यस जितसँगै रियालले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियालले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।

च्याम्पियन्स लिगको अर्को खेलमा इटालियन क्लब नापोलीले सहज जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगको खेलमा नापोलीले जर्मन क्लब फ्रान्कफर्टलाई २–० गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डी लोरेन्जोले एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीको जित पक्का गरे ।

दोस्रो लेग मार्च १६ मा नापोलीको मैदानमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ