arrow

मेस्सी निरीह, एम्बाप्पेको अफसाइड गोल, नेयमारलाई पहेँलो कार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
messi-psg-bayern.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित भएको हो । 

घरेलु मैदानमा खेलेको पीएसजीले स्टार खेलाडीहरु विफल हुँदा पराजय भोगेको हो । लियोनल मेस्सी नचल्नु, केलियन एम्बाप्पले गरेको गोल भीएआरमा अफसाइड देखिनु र नेयरमाले पहेँलो कार्ड खाँदा घरेलु मैदानमै पीएसजी पराजित भएको हो । 

बायर्नलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८२ औं मिनेटमा एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए । तर भीएआर रिभ्युपछि उनको गोलले मान्यता पाएन ।

त्यस्तै खेलको अन्तिम केहि मिनेट बायर्न १० खेलाडीमा समेटियो । इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

अब पीएसजी र बायर्नबीचको दोस्रो लेग मार्च ८ मा बायर्नको मैदानमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ