arrow

यी हुन् च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने टिमहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
chelsea-2022-10-26.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा नकआउट चरणमा पुग्ने टिम पूरा हुँदैछन् । अहिलेसम्म समूह एचबाट नकआउट चरणमा पुग्ने टिमको छिनोफानो भएको छ । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) र बेनेफिका नकआउट चरणमा पुगेका छन् । समान ५ खेलबाट ११ अंकका दुवै टिमले मंगलबार रातिको खेलमा जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गरे । 

पीएसजीले माकाबी हाइफालाई ७–२ ले हरायो । 

बेनेफिकाले युभेन्टसलाई ४–३ ले हरायो । यो हारपछि समान ३–३ अंकका हाइफा र युभेन्टस बाहिरिएका छन् । 

समूह जीबाट म्यानचेस्टर सिटी नकआउट चरणमा पुगेको छ भने अर्को एक टिमको छिनोफानो हुन बाँकी छ । 

मंगलबार रातिको खेलमा सिटीले बोरुसिया डर्टमन्टसँग गोलरहित बराबरी खेल्यो । सेभियाले एफसी कोपनहेगनलाई ३–० ले हरायो । 

पाँचौं चरणको समाप्तिसम्म ११ अंकबाट सिटी शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको छ । बोरुसियाको ८ अंक छ । सेभियाको ५ अंक छ । पुछारमा रहेर बाहिरिएको कोपनहेगनको २ अंक छ । 

समूह एफबाट रियाल मड्रिड नकआउट चरणमा पुगेको छ भने आरबी लेप्जिग र शख्तर दोनेस्कमध्ये एक टिम नकआउटमा पुग्नेछ । सेल्टिक भने बाहिरिएको छ । 

मंगलबार रातिको खेलमा रियालले लेप्जिगसँग ३–२ को हार बेहोर्यो । सेल्टिक र शख्तरले १–१ को बराबरी खेले । 

पाँचौं चरणको समाप्तिसम्म रियालको १०, लेप्जिगको ९, शख्तरको ६ तथा सेल्टिकको २ अंक छ । 

समूह ई बाट चेल्सी नकआउटमा पुगेको छ । एसी मिलान र एफसी साल्जबर्गमध्ये एक टिम नकआउटमा पुग्नेछ । डाइनामो जाग्रेब बाहिरिएको छ । 

मंगलबार रातिको खेलमा चेल्सीले साल्जबर्गलाई २–१ ले हरायो भने मिलानले डाइनामोलाई ४–० ले हरायो । 

पाँचौं चरणको समाप्तिसम्म चेल्सीको १०, मिलानको ७, साल्जबर्गको ६ तथा जाग्रेबको ४ अंक छ । 

समूह डी मा चौथो चरणका मात्र खेल सकिएका छन् । सबै टिमको नकआटउमा पुग्ने उत्तिकै सम्भावना छ । 

टोटनह्याम हट्सपरको ७, मार्सेको ६, स्पोर्टिङ एसपीको ६ तथा इन्ट्रयाच्ट फ्रयांकफर्टको ४ अंक छ । 

समूह सीबाट बायर्न म्यूनिख नकआउटमा पुगेको छ भने इन्टर मिलान र बार्सिलोनामध्ये एक टिम पुग्नेछ । भिक्टोरिया प्लेजेन बाहिरिएको छ । 

यो समूहबाट चौथो चरणका खेलमात्र सकिएका छन् । 

समूह बी मा पनि चार चरणका खेल सकिएका छन् । अहिलेसम्म क्लब ब्रागले १० सहित फराकिलो गोल अन्तरबाट नकआउट पक्का गरेको छ । 

६ अंकको एफसी पोर्टो, ४ अंकको एथलेटिको मड्रिड र ३ अंकको बायर लिभरकुजेनको उत्तिकै सम्भावना रहेको छ । 

समूह ए बाट नापोलीले पक्का गरिसकेको छ भने लिभरपुलले औपचारिकतामात्र कुरिरहेको छ । आयाक्सको झिनो आशा बाँकी छ भने रेन्जर्स बाहिरिएको छ । 

चौथो चरणको समाप्तिसम्म नापोलीको १२, लिभरपुलको ९, आयाक्सको ३ तथा रेन्जर्स अंकविहीन छ । 

बुधबार राति १२ः४५ बजे आयाक्सले लिभरपुलसँग र नापोलीले रेन्जर्ससँग खेल्दैछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ