arrow

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बार्सा–बायर्न एकै समूहमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
champions-league-draw-evergreen.jpg

काठमाडौं ।  च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

यूईएफएले निकालेको ड्र अनुसार स्पेनिश क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख एकै समूहमा परेका छन् । दुवै समूह सी मा परेका छन् । यो समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

साविक विजेता रियाल मड्रिड भने समूह एफ मा परेको छ । यो समूहमा आरबी लेप्जिग, शख्तर दोनेक्स र सेल्टिक रहेका छन् । 

समूह एु मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् भने समूह बी मा एफसी पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग रहेका छन् । 

समूह डी मा फ्रान्कफर्ट, टोटनह्याम हट्सपर, स्पोर्टिङ सीपी र मार्से रहेका छन् । समूह ई मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डाइनामो जाग्रेब रहेका छन् । 

समूह जी मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र कोपेनहेगन तथा समूह एच मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेनेफिकार हाइफा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ