arrow

काँग्रेसबाट इलाम-२ मा खड्का र बझाङमा अभिषेक बने उम्मेदवार

logo
न्यूस कारखाना,
प्रकाशित २०८० चैत २२ बिहिबार
congress-Ilam-bajang-candidate.jpg

काठमाडौँ। नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम-२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

काँग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसले इलाम-२ मा उम्मेदवार तय गर्न आज सबै आकाङ्क्षीसँग छलफल गरेका थिए।

इलाम-२ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए।

डम्बर खड्का २०७९ को मङ्सिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ