arrow

इलाम उपनिर्वाचन

इलाममा मुढा कांग्रेसभन्दा १४ सय मतले पछि, एमाले ३७ सय मतले अघि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
dekendra-suhang.jpg

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा जारी छ । 

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र पहिचान पक्षधर मुढा तेस्रो स्थानमा छ । 

हालसम्म २६ हजार ४ सय ३९ सदर मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार ९ मत ल्याएका छन् । 

उनको पछि नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का रहेका छन् । 

रुख चुनाव चिन्ह रहेका खड्काले ७ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा ३ हजार ७ सय ३४ मतले अगाडि रहेका छन् । 

साथै ठुला दलको पछि पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह लिम्बू रहेका छन् । हालसम्म मुढा चुनाव चिन्हमा ५ हजार ७ सय ५३ मत खसेको छ । 

 फाकफोकथुम, चुलाचुली र माङसेबुङका वडा गणना हुदा स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम ५ हजार ८ सय ६९ मत सहित तेस्रो स्थानमा छन् । 

यसअघि १६ सय बढी मतले पछि रहेको मुढा अहिले कांग्रेससँग एक हजार ४ सय ६ मतले पछि रहेको छ । 

घण्टी चुनाव चिन्ह भने चौथोमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ५ सय ०९ मत प्राप्त गरेका छन् । 

त्यस्तै एकीकृत समाजवादीका जीत बहादुर राईले २५९ मत पाएका छन् । 

यस क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ