arrow

इलाम उपनिर्वाचन

आत्मानन्दको क्षेत्रमा मुढालाई एक हजार ३२ मत, ठूला दलको कटेन ६९ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
aatmananda-ligden-kirat-dharmaguru-larumba.jpg
किरात धर्मगुरु आत्मानन्द लिङ्देन

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको क्षेत्रमा पहिचानवादी स्वतन्त्र उम्मेदवार मुढाले एक हजार ३२ मत पाएको छ । माङ्सेबुङ गाउँपालिका–५ मा यस्तो अप्रत्याशित मतपरिणाम आएको हो । 

पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले एक हजार ३२ मत ल्याउँदा ठुला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका सुहाङ नेम्वाङले ६९ र कांग्रेसका डम्बरबहादुर खड्काले ४९ मत मात्र प्राप्त गरे । 

रास्वपाका मिलन लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरु आत्मानन्द बसोबास गर्दै आएका छन् ।

उनले यसअघि एमालेका सुवास नेम्वाङलाई समर्थन गर्दै आए पनि पछिल्लो समय असन्तुष्ट थिए । अहिले उनी आफ्नै नजिकका थेगिमलाई मत दिएका छन् । 

थेगिमले यस क्षेत्रमा एक हजार ३२ मत पाएसँगै छ हजार नौ सय एक मत पुगेको छ । 

हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन् ।

नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।

 स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित छन् । 

अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ