arrow

रविले बालेनसँग गरे हारगुहार, निकिताको सहकारीबाट ढाकारामसँगको कारोबारले जन्मायो शङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
rabi-moha-balen-metro.jpg
तस्बिर : फाइल

काठमाडौँ। गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको भेट लगत्तै गृहमन्त्री पत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौँ महानगरले छापा मारेको छ। पत्नी निकिता पौडेल सहकारी काण्डमा मुछिएको चर्चा फेरि फैलिएसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका हुन्। बुधवार दिउँसो २ बजेदेखि झन्डै ३ बजेसम्म मन्त्रीको कार्यकक्षमा साहसँग कुराकानी भए पनि लगत्तै अपराह्न पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा महानगरको सहकारी विभागले छापा मारेको हो । यसअघि नेपाल प्रहरीको सिआइबीबाट उन्मुक्ति दिलाए पनि उक्त सहकारीमा हिजो महानगरको सहकारी विभागले छापा मारेर सहकारीका सफ्टवेयर र ऋणीहरूको सूची नियन्त्रणमा लिएको छ।

गृहमन्त्री रवि लामिछाने पत्नी निकिता उपाध्यक्ष रहेको उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको जानकारी महानगरसँग मागेको र महानगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । उपाध्यक्ष निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको कागजात पनि फेला परेको छ । कोर टिमलाई मन्त्री बन्न पैसा बुझाउनु पर्ने भन्दै अडियो सार्वजनिक भएपछि उनलाई सांसदबाट रास्वपाले हटाएको थियो। अहिले उनै ढाकारामसँगको कारोबार पनि निकिताको सहकारीबाट देखिएको छ।

गत महिना नै सिआइबीले लामिछाने संलग्न सहकारी संस्थाको रकम अपचलन केसमा तान्न खोजेपछि प्रचण्ड नेतृत्व सरकारलाई एकाएक समर्थन गर्न पुगे । अहिले पत्नी निकिताको सहकारीमाथि कालो बादल मडारिएपछि उनले बालेनलाई गुहारेको अनुमान गर्न थालिएको छ। एकपछि अर्को विवादित काण्डमा फस्दै गएपछि रविको सार्वजनिक छवि खस्किँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ