arrow

माछापुच्छ्रे बैङ्कद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
mbl-nepal-clearing-house-mou.jpg

काठमाडौँ। डिजिटल बैङ्किङ सेवालाई प्रभावकारी र सहज बनाउने उद्देश्यले विभिन्न योजनाहरू ल्याइरहेको माछापुच्छ्रे बैङ्क लिमिटेडले हालै नेपाल र भारतबिच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे सँग भन्दा भिन्दै सम्झौता गरेको छ।

फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई-सक्षम ऐप्सको प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे  नेटवर्क आबद्ध माछापुच्छ्रे बैङ्कका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ। तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत सहज रूपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ। 

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग सहभागी तथा सम्झौता बैङ्क साझेदारी समेत गरेको हो। यस सम्झौता अनुरूप उक्त सेवा लाइभ गए  पश्चात्  नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैङ्कमा खोलिएको  कुनै पनि यूपीआई ह्यान्डल–लिङ्क गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन्।

नेपाल राष्ट्र बैङ्कले तोकेको सीमाभित्र बसेर नेपाल राष्ट्र बैङ्कले तोकिए बमोजिम दैनिक रूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख सम्म  भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैङ्कले लिएको छ। यसै गरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि  यूपीआई-सक्षम ऐप्स प्रयोग गरेर तहांको नियामक निकायले तोकेको सीमाभित्र बसेर  नेपालमा माछापुच्छ्रे बैङ्कको यूपीआई ह्यान्डल–लिङ्क गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन्। हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैङ्कमा खोलेको खाताबाट प्रति कारोबार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैङ्कबाट प्रति कारोबार भारु पचास हजार पठाउन सक्नेछन्।

बैङ्कले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थिक कारोबारको सहजीकरण  र समग्र डिजिटल बैङ्किङ कारोबारमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ