arrow

इलाम उपनिर्वाचन

सुहाङले कटाए १० हजार मत, बढ्यो कांग्रेससँगको मतान्तर 

कांग्रेससँगको मतान्तर घटाउँदै मुढा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् । 

गौतम बुद्ध सभा हल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनामा फाकफोकथुम, चुलाचुली र माङसेबुङ १, २ र ३ वडा गणना सकिदा  सुहाङले १० हजार ३ मत ल्याएका हुन् । 

यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । नेम्वाङको गत भदौमा निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । एमालेबाट उनकै छोरा सुहाङ मैदानमा छन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा ३ हजार ५९ मतले अगाडि रहेका छन् ।  

यसअघि फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका छ वडाको मत गणना सकिदा  नेम्वाङ खड्काभन्दा २ हजार ५ सय १८ मतले अगाडि थिए ।  योसँगै एमालेले नेपाली कांग्रेसको मतान्तर बढाएको छ । 

साथै  ठुला दलको पछिपछि पहिचानवादी मुढा र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।  यस्तै मुढा चुनाव चिन्ह रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम ५ हजार ५ सय ९१ मत सहित तेस्रो स्थानमा छन् ।  

यसअघि १६ सय बढी मतले पछि रहेको मुढा अहिले कांग्रेसभन्दा एक हजार ३ सय ५३ मतले पछि रहेको छ  । 

 घण्टी चुनाव चिन्ह रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ४ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत समाजवादीका जीत बहादुर राईले २५८ मत पाएका छन् । 

यस  क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।हालसम्म २४ हजार ७ सय ४८ सदर मत गणना भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ