arrow

इलाम २ को उपनिर्वाचन

एमालेलाई भेट्टाउन कांग्रेसलाई मुस्किल, मुढासँग प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
dekendra-suhang.jpg

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा एमालेलाई भेट्टाउन नेपाली कांग्रेसलाई मुस्किल हुने देखिएको छ । 

उपनिर्वाचनको जारी मतगणनामा एमाले कांग्रेसभन्दा ३ हजार ७ सय ५४ मतले अगाडि रहेका छ । 

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार ७८ मत ल्याएका छन् । 

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।

यसअघि एमालेसँग प्रतिस्पर्धा गरिरहेको कांग्रेसको प्रतिस्पर्धा यसवर्ष पहिचान पक्षधर मुढासँग हुने देखिएको छ । 

ठुला दलको पछि पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह लिम्बू रहेका छन् ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङका वडा गणना हुदा स्वतन्त्र उम्मेदवार थेगिम तेस्रो स्थानमा छन् ।

हालसम्म मुढा चुनाव चिन्हमा ६ हजार ९ सय १ मत खसेको छ । 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । रास्वपाले तीन मत पायो ।  

सो वडामा एमालेका नेम्वाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरेपछि यो नजिता आएको हो ।

सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् ।

२७ हजार ६ सय १४ सदर मत गणना हुँदा कांग्रेस मुढाभन्दा ४२३ मतले अगाडि रहेको छ । 

यसअघि १६ सय बढी मतले पछि रहेको मुढा अहिले कांग्रेससँग ४२३ मतले पछि रहेको छ । 

साथै चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ