arrow

काठमाडौँ तीन दिनदेखि धुम्म, प्रदूषण उच्च, चिलाउन थाल्यो नाक–आँखा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
kathmandu-weather-2080-11-0.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका तीन दिनदेखि धुम्म रहेको छ । घाम लागेको छैन । हावा पनि चलेको छैन । जसका कारण वायु प्रदूषण उच्च रहेको छ । 

विश्वकै मापन गर्दा काठमाडौँ पाँचौँ स्थानमा रहेको छ । आइतबार बिहान ८ः४० बजे काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७५ रहेको छ । 

काठमाडौँ भन्दा अगाडि पाकिस्तानको लाहोरको २७७, कंगोको किन्शासाको २३९, भारतको दिल्लीको २३९ र म्यानमारको याङ्गुनको १८१ रहेको छ । 

काठमाडौँ उपत्यकामा लामो समयदेखि वर्षा हुन सकेको छैन । उपत्यकाका केही स्थानमा अघिल्लो साता परेको वर्षा ५–७ मिनेटभन्दा बढी टिक्न सकेको थिएन । त्यो पनि सीमित ठाउँमा मात्र परेको थियो । 

उपत्यकामा गत असोजदेखि राम्रोसँग वर्षा नै हुन सकेको छैन । सबैभन्दा बढी प्रदूषण पनि काठमाडौँमै हुँदै आएको छ ।

वायू प्रदूषणका कारण अहिले अधिकांशमा आँखा चिलाउने, नाक चिलाउने समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् । 

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र बाहिर निस्कँदा मास्क र चस्माको प्रयोग गर्न पनि चिकित्सकहरूले सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ