अग्निको दाबीः देशभरबाट आएको रिपोर्टको आधारमा नेकपा पहिलो पार्टी बन्ने निष्कर्ष [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
713
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आशन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो दाबी गरेका हुन्।
देशभरीबाट आएको रिपोर्टको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरू पुगेको नेता सापकोटाको भनाइ थियो ।
उनले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रसारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे।
नेता सापकोटाले भने, ‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु । हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरीबाट ।’
नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भीर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए।