arrow

सरकार निरंकुशतातर्फ गयो, आन्दोलनको तयारी गर्नुपर्छ : अग्नि सापकोटा [भिडियो]

सरकारलाई दबाब दिन सडकमा जानुको विकल्प छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
agni-sapkotas.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ उन्मुख भएकाले सडक आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए।

सापकोटाले संसदमा आफ्नो पार्टीको संख्या कम भएकाले सरकारलाई दबाब दिन र जनतालाई जागृत गराउन सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे। उनले पार्टीका नेता र कार्यकर्ताहरूलाई आन्दोलनको तयारीमा रहन पनि आग्रह गरे।

उनले वर्तमान सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातर्फ गइरहेको आरोप लगाए। सापकोटाले सत्तारुढ दल कांग्रेस–एमालेबीच पनि भयानक अन्तर्विरोध रहेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ