arrow

अग्नि सापकोटाको मुद्दामा अनुसन्धान गर्न खुल्यो बाटोे, सर्वोच्चले गर्‍यो तीन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
agni-sapkota-11-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको अपहरण र ज्यान मार्ने मुद्दा सम्बन्धी रिटहरूमा तीनवटा आदेश जारी गरेको छ ।

द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले पुर्व सभामुख सापकोटाविरुद्ध उत्प्रेषण जारी गरेको छ ।

प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो । 

यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न माग दाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट भने अहिले आएर सर्वोच्चले खारेज गरिदिएको छ ।

उता अदालतको अवहेलना गरेको भन्दै सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको रिटमा माग दाबी नपुग्ने आदेश गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ