arrow

माओवादीको नामोनिशान मेटेका अग्नि विरोधी पार्टीको एकता फुटाउने कसरतमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
agni-sapkota-nekapa-25-09.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नीप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताएका छन् ।

नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वभाविक भए पनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताए ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारेको भए पनि कांग्रेस-एमाले त्यसका लागि तयार नभएको पनि बताए ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पारे ।

उनले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझ्दारी गर्ने भनिए पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाँझ जाने बताए । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आइ नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ। फेरी यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन।प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको हुनाले यो अरु निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँड हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरूमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’

विगतमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गर्न आफूहरूको पहिचान स्थापित हुन नसकेको उनको स्वीकारोक्ति छ ।

उनले मुलुकको सबैभन्दा अग्रगामी र जेन-जी पुस्ताले उठाएका एजेण्डाहरू समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गरे ।

उनले भर्खरै एकतामा गएका काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेन र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे ।

राजनीतिक दलहरूमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उनको जिकिर छ ।

सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताए ।

यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको आन्तरिक कुरा हो अब त्यो करी जान्छ उनीहरूमै भर पर्ने कुरा पनि भयो । तर पार्टी फ्ट्नुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भए पनि फुट र विभाजन हुनुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्न काँग्रेस नेताहरूले कुनै न कुनै उपाय खोजेर एकतावद्ध हुन्छन् होला । अब कांग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।’

अग्निको पार्टी नेकपा माओवादी विभिन्न चरणमा पुगेर अहिले माओवादीसमेत उडेको छ । माओत्सेतुङको नामबाट माओवादी राखे पनि अहिले पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अस्तित्व जोगाउन पार्टीको नामोनिशानसमेत मेटेका हुन् । 

नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधीन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।

यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकटलाई निकास दिनसक्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ