arrow

रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
trump-zelensky-2025.jpg

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् ।

यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्तापछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् ।

यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूसमाथि दबाब दिनुपर्ने बताउन भएको छ ।

यसअघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए ।

रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्ने बाँकी रहेको उल्लेख गरेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ