युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
394
Shares
काठमाडौँ । रूसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा एक सय ३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता युक्रेनी सेनाले सोही दिन रूसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
रूसी रक्षा मन्त्रालयले विगत एक दिनमा रूसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै एक सय ३८ क्षेत्रहरूमा युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरूमा आक्रमण गरेको बताएको छ ।
रूसी वायु रक्षा प्रणालीले १० ओटा सटिक निर्देशित बम र चार सय १८ ओटा फिक्स्ड-विङ ड्रोनहरू खसालेको बताइएको छ ।
यसैबीच, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले आफ्नो वायु सेना, मिसाइल सेना र तोपखाना एकाइहरूले धेरै उपकरण भेला क्षेत्रहरू र रूसी सेनाको कमाण्ड पोस्टहरूमा आक्रमण गरेको र एक हजार नौ सय ४१ ड्रोनहरू खसालेको बताएको छ।
युक्रेनी सञ्चार माध्यमहरूले बिहीबार युक्रेनको सुरक्षा सेवाको एक स्रोतलाई उद्धृत गर्दै युक्रेनी ड्रोनहरूले रूसको निज्नी नोभगोरोड क्षेत्रको गोर्की तेल पम्पिङ स्टेशनमा आक्रमण गरेपछि आगलागी भएको थियो।