काठमाडौँ । अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेनामाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) सम्बद्ध लक्ष्यहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।
मध्यपूर्व क्षेत्रमा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्तिलाई अहिले उच्च सतर्कतामा राखिएको छ। सेन्टकमले आफ्नो आधिकारिक विज्ञप्तिमा यस क्षेत्रमा खटिएका सैनिकहरू अत्यन्त सतर्क, केन्द्रित र जुनसुकै परिस्थिसितको सामना गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेको छ।
अमेरिकाले यस क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरूमाथि हुने आक्रमणको कडा प्रतिकार गर्न र सुरक्षा व्यवस्था थप सुदृढ बनाउन आफ्नो सैन्य उपस्थिति र सतर्कतालाई तीव्र पार्दै आएको छ।