पूर्व गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै
बयान दिएलगत्तै सिंहदरबारबाट पत्रकार सम्मेलन गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
856
Shares
काठमाडौँ । भदौ २३ र २४ गते भएको विवादास्पद घटनाको छानबिन गर्न गठित 'जाँचबुझ आयोग २०८२' मा पूर्व गृहमन्त्री रमेश लेखक आज उपस्थित हुँदैछन्। मध्याह्न १२ बजे आयोगको कार्यालय पुगेर उनले उक्त घटनाबारे आफ्नो बयान र जानकारी गराउने कार्यक्रम रहेको छ।
सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनी लगायतका संवेदनशील घटनाहरू भएको समयमा लेखक गृह मन्त्रालयको जिम्मेवारीमा थिए। उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगले उनलाई बयानका लागि बोलाएको हो। आयोगमा बयान दिए लगत्तै नेता लेखकले दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
यो घटनामा सुरक्षा निकायको भूमिका र गृह प्रशासनको निर्देशनबारे विभिन्न प्रश्नहरू उठिरहेका बेला पूर्व गृहमन्त्रीको बयानलाई निकै महत्त्वपूर्ण मानिएको छ। आयोगले यसअघि अन्य सुरक्षा अधिकारी र सरोकारवालाहरूसँग पनि सोधपुछ गरिसकेको छ।