arrow

अदालतको अनुमति नलिई सरकारले ओली-लेखकलाई पक्राउ गर्न मिल्दैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
dinesh-tripathi-advocated.jpg

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वेच्छाचारी ढंगले पक्राउ गरेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा आयोजित संवाद कार्यक्रममा त्रिपाठीले सरकारले अदालतको अनुमति नलिई उनीहरूलाई पक्राउ गरेको बताए ।

उनले भने, “कानूनमा अदालतको अनुमति नलिइ कसैलाई पनि गिरफ्तार गर्न मिल्दैन। जरुरी पक्राउ पुर्जीको प्रयोग केवल प्रमाण नष्ट हुने, भाग्ने वा अन्य जोखिमपूर्ण अवस्थामा गर्न सकिन्छ। तर यसलाई सामान्य परिस्थितिमा प्रयोग गरियो।”

उनले थप भपे, “लोकतन्त्रमा राज्यले कसैलाई पनि स्वेच्छाचारी ढंगले गिरफ्तार गर्न सक्दैन। डेमोक्रेसी भनेको रुल अफ ल हो, जसले स्वेच्छाचारितालाई प्रतिबन्धित गर्छ।”

साथै, त्रिपाठीले सरकारले भदौ २३ को घटनालाई मात्र दोषी ठहर गर्ने गलत नियत राखेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ