arrow

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
oli-lekhak-arrest-82-12-14.jpg

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुँदैछ । उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ ।

ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन् ।

यस्तै लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन् । उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ