arrow

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
oli-lekhak.jpg

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ।

आइतबार दायर गरिएको उक्त रिटमा दावी गरिएको छ कि उनीहरूलाई गैरकानूनी रूपमा थुनामा राखिएको छ।

ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको माग राखेकी थिइन्।

काठमाडौँ जिल्ला अदालतले ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रहरीले उनीहरूलाई शनिबार बिहान पक्राउ गरेको थियो।

हाल ओली अस्वस्थ रहेको कारण शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ