arrow

तेह्र दिनको हिरासतपछि रिहा भए पूर्वगृहमन्त्री लेखक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
ramesh-lekhak-arrest-sarkari-wakil-82-12-15.jpg

काठमाडौँ ।  प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको १३औँ दिनमा आज हाजिर जमानीमा रिहा भएका छन्। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार नेता लेखकलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी थुनामुक्त गरिएको हो। 

गत चैत १४ गते पक्राउ परेका लेखकलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो। सोही आदेश बमोजिम काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई परिवारको जिम्मा लगाइएको छ। 

गत भदौमा काठमाडौँमा भएको प्रदर्शनका क्रममा बल प्रयोग र मानवीय क्षतिको विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ