बाबुराम–जनार्दन र सन्तोष मिलेर बन्यो प्रगतिशील लोकतान्त्रिक पार्टी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
998
Shares
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबीच डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार बीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा भट्टराईले औपचारिक रुपमा घोषणा गरेका थिए । सो पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरु रहनेछन् । नेतृ दुर्गा सोवको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।
पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।