arrow

पितृशोकमा बाबुराम भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
baburam-bhattarai-father-82-10-22.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिइन् ।

उनले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव पशुपतिस्थित ब्रह्मनालमा राखिएपछि विद्युतीय शव गृहमा दाहसंस्कार गरिने भएको छ । 

स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ