arrow

राजनीतिमा अदृश्य शक्तिको खेल

बाबुरामको टिप्पणी- हात्तीलाई जुक्तिले नियन्त्रण गर्नुपर्छ [भिडियो]

हात्तीलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तव्यमा जानुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
baburam-20.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा देश भित्र र बाहिरका दृश्य र अदृश्य शक्तिहरूले काम गरिरहने हुँदा चाहेअनुसारको 'रामराज्य' तत्कालै ल्याउन नसकिने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रममा उनले ती शक्तिहरूसँग सन्तुलन मिलाएर आफ्ना एजेन्डाहरू लागू गर्नुपर्नेमा जोड दिए।

डा. भट्टराईले भने, "हात्तीलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तव्यमा जानुपर्छ।" उनले झोंक उठ्दा सबैलाई सिध्याइदिउँ जस्तो लागे पनि राजनीति हात्तीसँग कुस्ती खेल्नुजस्तो नभई जुक्तिले नियन्त्रण गर्नुपर्ने विषय भएको बताए।

उनले गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै वंशाणुगत जन्मजात नै कोही राजा हुने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने धारणा राखे। उनले अबको लोकतन्त्र अप्रत्यक्ष भोट हाल्ने मात्र नभई समावेशी र सहभागीयुक्त लोकतन्त्र हुनुपर्नेमा जोड दिए। साथै, नेपालको संविधानमा उल्लेखित वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्य गर्नेगरी राज्यको पुनःसंरचना गर्ने सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा जेन–जी अगुवा अमित खनालले नेपालका राजनीतिक दलहरूको विचारमा परिवर्तन हुन नसकेको र उनीहरूले २०६३ सालमा बोकेका एजेन्डा नै अझै बोकेर हिँडिरहेको टिप्पणी गरे।

अर्का अगुवा माजिद अन्सारीले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै प्रहरीले लाठी चार्ज गर्नुपर्ने ठाउँमा गोली चलाएको तर राष्ट्रको धरोहर बचाउनुपर्ने ठाउँमा भने देखा नै नपरेको आरोप लगाए। उनले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको भन्दै अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल पक्राउ पर्नेमा मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै रहेको उल्लेख गरे।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरूसँग अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ