नयाँ शक्तिलाई समर्थन गर्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
909
Shares
तस्बिर : फाइल
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भट्टराईले शुक्रबार दिउँसो १ बजेसम्मको उम्मेदवारी फिर्ताको समय रहेकामा सो समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका नेताले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने सुझाव दिएको उनको दाबी छ ।
उनले निर्वाचनमा नयाँ शक्तिहरूलाई आफ्नो समर्थन रहने बताएका छन् ।