बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
3.3k
Shares
काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता घोषणा गर्दै छन्।
आइतबार (आज) काठमाडौँको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ। एकता सहमतिमा यी तीन समूहबिच कात्तिक २८ गते हस्ताक्षर भएको थियो। घोषणासभामा अन्य समूहलाई पनि एकतामा ल्याउने प्रयास जारी रहेको बताइएको छ।