जर्मनीद्वारा सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
1.9k
Shares
काठमाडौं। जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाई सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पुऱ्याउने योजना बनाएको जर्मनीको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको छ।
जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, "अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप तीन अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।"
यो सहयोगमा अन्य सहयोगहरूका साथै तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ।
प्रवक्ताले थपे, "जर्मनी युक्रेनको पक्षमा दृढतापूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ।" उनले जर्मनीले रूसको आक्रामक युद्धविरुद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म समर्थन जारी राख्ने पनि बताए।