arrow

युद्धमा ठूलो सफलता हात पारेको रूसको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
russia-ukraine-war.jpg

काठमाडौँ । रूस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा रुसी सेनाले दुई बस्ती नियन्त्रणमा लिएको छ । 

साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थल, रेलवे पूर्वाधार, गोलाबारुदका डीपो र अस्थायी तैनाती बिन्दुमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।

उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । 

रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बम, तीन अमेरिकीमा निर्मित रकेट र ड्रोन खसालेको जनाएको छ ।

सोही दिन युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए । 

उनले पोकरोभस्क र कुपियान्स्कमा युक्रेनी सेनाले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ