arrow

आणविक 'बुरेभेस्टनिक' तत्काल खतरा होइन: विज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
nuclear-cruise-missile-russia.jpg

काठमाडौं। युक्रेन युद्धका बीच रूसले हालै परीक्षण गरेको आणविक शक्तिबाट चल्ने नयाँ क्रुज क्षेप्यास्त्र 'बुरेभेस्टनिक' तत्कालका लागि ठूलो सामरिक खतरा नरहेको विज्ञहरूले बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेप्यास्त्रको सफल परीक्षणलाई 'चमत्कार' भने पनि धेरै लामो दूरीको यो हतियारले पश्चिमी हवाई रक्षालाई छल्ने लक्ष्य राखेको भए पनि यसको रणनीतिक प्रभाव अहिलेका लागि सीमित रहने सम्भावना छ।

फ्रान्सेली आणविक विज्ञ हेलोइस फेयटले क्षेप्यास्त्रको सामरिक प्रभाव तत्काल सीमित रहेको बताउँदै भनेका छन्, “मिसाइल अझै सञ्चालनमा छैन। हालका लागि यसको प्रयोगको लागि कुनै तैनाथीको पूर्वाधार छैन, कुनै सिद्धान्त छैन।” उनले यो परियोजनामार्फत पुटिनले आणविक र क्षेप्यास्त्र प्रतिरक्षाको मुद्दामा अमेरिकालाई दबाब दिने प्रयास गरेको देखिएको बताएका छन्।

यस क्षेप्यास्त्रको आणविक रिएक्टरले वातावरणको हावालाई तातो बनाएर तीव्र गतिमा बाहिर निकाल्छ, जसले यसलाई धेरै लामो उडान समय र दायरा प्रदान गर्दछ। यद्यपि, विज्ञ फेयटले तुलनात्मक रूपमा सुस्त गतिका कारण यसले आक्रमणको लक्ष्यमा असर पार्ने बताएका छन्।

विज्ञहरूका अनुसार, यो परीक्षणबाट कुनै रेडियोधर्मिता निम्त्याएको नदेखिएको तथा नर्वेली विकिरण अनुगमन निकायले पनि केही पत्ता नलागेको जनाएका छन्। यद्यपि, रिएक्टर सक्रिय भएपछि मिसाइल आफैं रेडियोधर्मी हुने भएकाले प्रदूषणको सम्भावना रहन सक्ने अर्का विज्ञ अमौरी डुफेको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ