arrow

मध्यपूर्वमा झैँ युक्रेनमा शान्ति स्थापना गर्न जेलेन्स्कीद्वारा ट्रम्पलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
volodymyr-zelenskyy.jpg

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा पनि शान्ति कायम गर्ने पहल गर्न आह्वान गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, "यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रूस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।"

स्मरण रहोस्, गत फेब्रुअरीमा दुई नेताहरूबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भई सम्बन्धमा नाटकीय तनाव आएको थियो। यद्यपि, पछिल्ला केही महिना यता राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई 'राम्रो मान्छे' भन्दै युक्रेनको लागि समर्थन कायम राखेका छन्। युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरूद्ध लडिरहेको छ।

यसअघि दुई नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ