arrow

रुस र युक्रेनबीच मानवीय विषयमा मात्र वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
russia-ukraine-war-bakhmut.jpg

किएभ । युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमेरोभले युक्रेन र रुस अहिले मानवीय वार्तामा मात्र संलग्न रहेको बताएका छन् । 

“यस समयमा, हामी मानवीय पक्षलाई निरन्तरता दिइरहेका छौँ, हामी युद्धबन्दीहरूलाई रिहा गर्ने पहल गरिरहेका छौँं,” उमेरोभले भने ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गत महिना भएको वासिङ्टन भ्रमणपछि किएभले मस्को र वासिङ्टनसँग सम्भावित वार्ताको अपेक्षा गरिरहेको पनि उमेरोभले बताएका छन् । 

 उनले भने, “यो चरणमा हामी त्रिपक्षीय वा द्विपक्षीय बैठकको पर्खाइमा छौं भन्ने मेरो विश्वास छ ।” युक्रेन र रूसले सन् २०२५ मे, जुन र जुलाइमा टर्कीएमा तीन चरणको वार्ता गरका थिए भने उमेरोभले प्रत्येक सत्रमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

अगस्ट १८ मा धेरै युरोपेली नेताहरूसहित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसमा भेटवर्ता गरेका थिए जसमा रुस–युक्रेन द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ