arrow

रुसी आक्रमणमा युक्रेनको सरकारी भवनमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
russia-ukaraine-attack-24-8.jpg

काठमाडौँ । युक्रेनी वायु सेनाका अनुसार शनिबार राति रुसले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ। युक्रेनी वायु रक्षा प्रणालीले ७४७ ड्रोन र ४ क्रुज मिसाइल खसालेको भए पनि आक्रमणबाट सरकारी भवनमा क्षति पुग्नुका साथै नागरिक हताहती भएको छ।

राजधानी किभमा भएको आक्रमणमा एक आमा र उनको दुई महिनाको शिशुको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत दिएको जानकारीअनुसार युद्ध सुरु भएयता पहिलोपटक सरकारी भवनको छाना र माथिल्लो तल्लामा प्रत्यक्ष क्षति पुगेको छ।

राजधानी किभबाहेक, क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको बताइएको छ। सरकारी भवनमा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिन आपतकालीन सेवाका कर्मचारीहरू खटिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ