arrow

बहुविवाहबारे गृहमन्त्री लेखकको स्पष्टीकरण: ‘कानूनमा खराब कुरा आउँदैनन्’ [भिडियो]

पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
lekhak-rames.jpg

काठमाडौँ। मुलुकी संहिता संशोधन विधेयकमा बहुविवाहलाई मान्यता दिने लगायतका विवादास्पद प्रावधानहरू समावेश गरिएको भन्दै चौतर्फी विरोध भएपछि गृहमन्त्री रमेश लेखकले यस्ता आशंका नगर्न आग्रह गरेका छन्। उनले नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्न विधेयकमा थप छलफल र परिमार्जन गरिने बताएका छन्।

मंगलबार मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव आएको जानकारी दिए। ती विधेयकहरूमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, र सजाय निर्धारणसम्बन्धी कानुन रहेका छन्।

उनले बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, र सजायको माफीसम्बन्धी व्यवस्थामा थप छलफल आवश्यक देखिएकाले विधेयक समितिले एक उपसमिति गठन गर्ने निर्णय गरेको बताए। यो उपसमितिले कानुन मन्त्रालय, कानुन आयोग, र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधनका विषयमा छलफल गर्नेछ।

गृहमन्त्री लेखकले नागरिकको हितमा कानुन बनाइने प्रतिबद्धता व्यक्त गर्दै भने, "कानुनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्दा हुन्छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ