arrow

काठमाडौं उपत्यका किराँत सभ्यताको थलो हो: झलनाथ खनाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
jhalnathhs.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौं उपत्यका किराँत सभ्यताको थलो भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं भूमि नै वास्तवमा किराँत सभ्यताको भूमि भएको जिकिर गरे।

खनालले संसारमा चार मुख्य मानव प्रजातिहरू रहेको र उनीहरू पूर्वकालदेखि नै विभिन्न क्षेत्रबाट नेपाल आउने गरेको बताए। उनका अनुसार संसारमा मंगोल, आर्यन, निग्रो र अस्ट्रिक गरी चार प्रजातिहरू छन्। यी चारै प्रजातिका मानिसहरू विगत दशौं हजार वर्षअघिदेखि नेपाल भूमिमा आवतजावत गर्ने क्रममा नै नेपाल भूमिमा अनेक सभ्यताहरूको विकास भएको उनले बताए।

उनले भने, "यो संसारमा मूल ४ वटा मानव प्रजातिहरू थिए। एउटा मंगोल प्रजाति, एउटा आर्यन प्रजाति, निग्रो प्रजाति, अस्ट्रिक प्रजाति। यी चारै प्रजातिका मान्छेहरू विगत कालमा दशौं हजार वर्षअगाडिदेखि यो नेपाल भूमिमा आवतजावत गर्दा रहेछन्। आवतजावत गर्ने क्रममा नै नेपाल भूमिमा अनेक सभ्यताहरूको विकास भयो। लुम्बिनी सभ्यतालाई बुद्ध सभ्यताका रूपमा हेर्दछौं। किराँत सभ्यता अर्को हो। अहिले पनि पूर्वमा हामी वल्लो किराँत, पल्लो किराँत, माझ किराँत भन्ने गर्दछौं। काठमाडौं भूमि नै वास्तवमा उपत्यका नै किराँत सभ्यताको भूमि हो।"

पूर्वप्रधानमन्त्री खनालले नेपालमा कला, साहित्य, संस्कृति, भाषा, रीतिरिवाजमा अनेक विविधता रहेको र यही विविधता नै नेपालको पुँजी भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ