arrow

तीन महिना भारतमा उपचारपछि फर्किन् रविलक्ष्मी

हिटलरको ग्यास च्याम्बरबारे पढेकी थिएँ, म सोही ग्यास च्याम्बरमा परेँः रविलक्ष्मी चित्रकार [भिडियो]

जेन-जीको मुकुण्डो ओडेर देश खरानी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
rabilaxmi-chitrakar.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन् ।

उनी गत भदौ २४ गते घरमै आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन् । आगजनीमा चित्रकारको शरीरको करिब १५-१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । 

शुरूमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।

एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आईसीयूमा राखेर उपचार गरिएको थियो । चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी हुन् ।

सो क्रममा सञ्चारकर्मीसँग उनले जेन-जीको मुकुण्डो ओडेर देश खरानी बनाउनेलाई सरकारले कार्वाही गर्नुपर्ने बताइन् ।

आफूले हिटलरको ग्यास च्याम्बरका बारेमा किताबमा पढेको भन्दै उनले आफू सोही ग्यास च्याम्बरमा परेर यस्तो गति भएको बताइन् ।

‘म दुर्घटनामा परेपछि मलाई बचाउन जसले जति जे भूमिका खेल्नुभयो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु’, चित्रकारले भनिन् ।

राज्यप्रति कुनै गुनासो नभएको भन्दै उनले आफ्नो स्वमनले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरिन् । 

त्रिभुवन विश्वविद्यालयकी विज्ञानकी प्राध्यापक चित्रकारले भनिन्, ‘राज्यले नै बुझेर सहयोग गरे एउटा कुरा हो, होइन भने केही गुनासो, अपेक्षा र माग छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ