arrow

कस्तो छ जेन–जी आन्दोलनमा जलाइएकी झलनाथ पत्नी प्राध्यापक रविलक्ष्मीलाई ? [तस्बिर]

'पहिलो चरणको उपचार गरेरमात्र फर्किएको हो,पूरै शरीरको पुनःनिर्माण गर्नुछ,देब्रे हात काटिएकाले हात बनाउनु पर्नेछ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
ravilaxmi-chitrakar-jhalanath-khanal (10).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्युज बैंक ।

काठमाडौँ । जेन–जी आन्दोलनमा जलाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार पहिलो चरणाको उपचारपछि सोमबार साँझ स्वदेश फर्किएकी छिन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलन उग्र हुँदा जेन–जीहरुले नेता झलनाथको घर जलाउने क्रममा रविलक्ष्मी पनि जलेकी थिइन् । गम्भीर अवस्थामा उनको तत्काल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि अवस्था गम्भीर भएपछि भारत लगिएको थियो । 

आगजनीमा ७२ वर्षे चित्रकारको शरीरको करिब १५-१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । उनको कीर्तिपुरमै देब्रे हात काट्नु परेको थियो ।

बर्न अस्पतालमा उपचारका क्रममा फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।

एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आईसीयूमा राखेर उपचार गरिएको थियो । चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी हुन् ।

उनी एपोलो अस्पतालमा तीन महिना उपचारका लागि संघर्ष गरेर सोमबार साँझमात्रै फर्किएकी हुन् ।

उनी राजनीतिक रुपले पनि पूर्वप्रधानमन्त्रीकी पत्नी हुँदासमेत कहिल्यै तडकभडकमा लागिनन् । उनलाई राजनीतिले पनि खासै छोएन । अहिले पनि उनी सरकारबाट केही अपेक्षा गरेकी छैनिन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीसँग भनिन्, ‘म दुर्घटनामा परेपछि मलाई बचाउन जसले जति जे भूमिका खेल्नुभयो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । राज्यले नै बुझेर सहयोग गरे एउटा कुरा हो, होइन भने केही गुनासो, अपेक्षा र माग छैन ।’

राज्यप्रति कुनै गुनासो नभएको भन्दै उनले आफ्नो स्वमनले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरिन् । उनले जेन-जीको मुकुण्डो ओडेर देश खरानी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्ने बताइन् ।

आफूले हिटलरको ग्यास च्याम्बरका बारेमा किताबमा पढेको भन्दै उनले आफू सोही ग्यास च्याम्बरमा परेर यस्तो गति भएको बताइन् ।

कस्तो छ त उनलाई ?

पूर्व प्रधानमन्त्री खनालले पत्नी चित्रकारको स्वास्थ्य अझै कमजोर रहेको बताए। उनले भने, 'जलनका घाउ अझै छन् । इन्फेक्सन छैन । कम्प्लिकेशन अझै छ । हरेक बेलुकी ज्वरो आउँछ । नियमित औषधि खानै पर्नेछ । त्यो कारणले होसियार हुनुपर्नेछ ।'

उनले अगाडि भने, 'पहिलो चरणको उपचार गरेरमात्र फर्किएको हो । पूरै शरीरको पुनःनिर्माण गर्नुछ । देब्रे हात काटिएकाले हात बनाउनु पर्नेछ । शरीर पूरै कमजोर छ । एक जना नर्सले नसमाति हिँड्न सक्ने अवस्था छैन । समात्ने हातै छैन ।'

खनालले भने, 'कसरी पुनःनिर्माण गर्ने भनेर डाक्टरहरूसँग परामर्श गर्छु । पहिलो प्राथमिकताका बारेमा पनि हेर्नुपर्नेछ । शरीरलाई पुनःनिर्माण नै गर्नुपर्नेछ ।'

उनले फलोअपका लागि अब भारत जाने कि यहीँ कीर्तिपुरमै चिकित्सकहरूसँग कुराकानी गराएर यतै गर्ने कि भन्नेमा रहेको बताए । उनले भने, 'फलोअपका लागि अपोलोमै बोलाएका छन् । तर जान आउन कठिन हुने भएकाले यसबारे पनि सोचिरहेका छौँ । यतै गर्ने कि भन्ने सोच आएको छ ।' 

खनालले त्यो आन्दोलनबारे यसो भने-

नाम मात्रको जेन-जी हो । जेन-जीलाई देखाएर अमेरिकाले गरेको हो । आन्दोलनमा कस्ता जेन-जी आए त्यो पनि अनुसन्धान हुनुपर्छ । सरकारी विद्यालय र क्याम्पसका विद्यार्थी नआउने अनि निजी विद्यालयका विद्यार्थीलाई लिएर शिक्षक आन्दोलनमा ल्याइएको छ । यस्ता विद्यालय र शिक्षकलाई पनि अनुसन्धान गर्नुपर्छ । यिनीहरू कहाँबाट सञ्चालित छन् भन्ने थाहा भैहाल्छ । 

मैले स्कूलमा पढ्दा कक्षा छाड्दा कुटाइ खाएको थिएँ । कक्षा छाड्दा ति विद्यार्थीलाई के गर्यो त स्कूलले ? कतिपय विद्यार्थीलाई त आन्दोलनमा जाने भनेर पनि थाहा थिएन होला ।

कलेजका विद्यार्थी र शिक्षक आएका छन् । पूँजीवादीले चलाएको आन्दोलनमा राजावादी छन् । राप्रपा छ र रास्वपा पनि छ । यो सुनियोजित आन्दोलन हो ।

ravilaxmi-chitrakar-jhalanath-khanal (1).jpg
ravilaxmi-chitrakar-jhalanath-khanal (2).jpg
ravilaxmi-chitrakar-jhalanath-khanal (3).jpg
ravilaxmi-chitrakar-jhalanath-khanal (4).jpg
ravilaxmi-chitrakar-jhalanath-khanal (5).jpg
ravilaxmi-chitrakar-jhalanath-khanal (4).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (5).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (6).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (7).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (8).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (9).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (10).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (11).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (12).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (13).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (14).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (15).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (1).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (2).jpeg
ravilaxmi-chitrakar-jhalanath-khanal (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ