arrow

नीतिगत निर्णयमा अख्तियारको प्रवेश जायज: पूर्वप्रधानमन्त्री खनाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
jhalnath-.jpg

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवेश गर्नु जायज भएको बताएका छन्। शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

खनालले राज्यले बनाएको संविधानबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएको उल्लेख गर्दै त्यसले क्याबिनेट, प्रान्तीय क्याबिनेट वा स्थानीय तहका कुनै पनि निकायले गरेको निर्णयमा अनियमितता भए हस्तक्षेप गर्न सक्ने बताए। उनले जहाँ कहीँ, कसैले पनि अनियमितता गर्छ भने त्यसको छानबिन हुनैपर्नेमा जोड दिए।

"यो राज्यले बनाएको संविधानबमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले चाहे क्याबिनेटले गरोस्, चाहे त्यो प्रान्तीय क्याबिनेटले गरोस्, चाहे त्यो स्थानीय तहका कुनै पनि निकायले गरोस्, जहाँ कहीँ पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानबिन गर्नैपर्छ," खनालले भने, "त्यो छानबिन गर्ने अधिकार यदि जनतामार्फत बनेको कुनै निकायलाई त्यो देशमा छँदै छैन भने खास खास मान्छेहरूले गरेका गलत कामहरू छानबिनको दायराभन्दा माथि हुन्छन् भने राजतन्त्रको आलोचना गर्नुको के अर्थ?"

विशिष्ट व्यक्तिहरूले गरेका गलत कामहरूलाई छानबिनको दायराभन्दा माथि राखेपछि राजतन्त्रको आलोचना गर्नुको अर्थ नरहने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री खनालले देशमा भ्रष्टाचारसँग सम्बन्धित प्रश्नहरूको निवारण अख्तियारको पहलमा सम्बन्धित अदालतमार्फत निरुपण हुनुपर्ने बताए। उनले नीतिगत निर्णय के हो भन्ने कुरा आफूले पनि नबुझेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ