arrow

जेलेन्स्कीको आरोप: पश्चिमा कम्पनीहरूले रुसलाई हतियार निर्माणमा सघाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
volodymyr-zelenskyy.jpg

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने 'उपकरण' उपलब्ध गराइरहेको आरोप लगाएका छन्। उनले जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया, जापान र थोरै सङ्ख्यामा भए पनि संयुक्त राज्य अमेरिकाका कम्पनीहरूले रुसलाई यस्ता उपकरण दिइरहेको बताएका छन्।

युक्रेनले सन् २०२२ मा रुसले आक्रमण गरेयता मस्कोमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालिएको सङ्केत गर्दै आएको छ। युक्रेनी अधिकारीहरूले रुसले प्रयोग गरेका ड्रोन र क्षेप्यास्त्रहरूमा पश्चिमा मुलुकका सामानहरू फेला परेको दाबी गरेका छन्।

जेलेन्स्कीले भने, "रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेसिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरूले हतियार बनाउन प्रयोग गर्छन्।"

जेलेन्स्कीका अनुसार, रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेका छन्, तर दर्जनौँ पश्चिमा कम्पनीहरू पनि यसमा दोषी रहेको उनको भनाइ छ।

"हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ। हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ," राष्ट्रपति जेलेन्स्कीले भने।

यस आरोपले रुस-युक्रेन युद्धमा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला र प्रतिबन्धहरूको प्रभावकारिताबारे गम्भीर प्रश्नहरू खडा गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ