arrow

रुसले जेलेन्स्कीको गृहनगरमै गर्‍यो वर्षकै ठूलो हमला, ठूलो संख्यामा हताहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
russia-ukraine-attack-25-4-5.jpg

किभ । मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोवाट यो घातक हमला भएको हो । 

स्थानीयका अनुसार सो हमला पछि आवासीय घरहरूमा क्षति पुर्‍याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार  मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।

युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तीमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चा सहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’

रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ