arrow

रुसले पुनः कब्जा गर्‍यो युक्रेन नियन्त्रित कुस्र्क क्षेत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
russia-china-war-game.jpg

काठमाडौँ ।  रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख शहर सुड्झालाई पुनः कब्जा गरेको छ । जुन पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त कब्जा गरेको बताएको छ । 

अगस्ट २०२४ मा सीमापार आक्रमण भएदेखि युक्रेनी नियन्त्रणमा रहेको सुड्झा कुस्र्क क्षेत्रमा युक्रेनको सञ्चालनका लागि आपूर्ति सुरक्षित गर्ने महत्वपूर्ण स्थान हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीवार कुस्र्क क्षेत्र पुनः कब्जा गर्ने रूसी सैन्य कारबाही अन्तिम चरणमा प्रवेश गरेको बताए । 

रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभकाअनुसार रुसी सेनाले कुस्र्क क्षेत्रमा १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग पुनः प्राप्त गरेको छ । जुन पहिले युक्रेनले कब्जा गरेको क्षेत्रफलको ८६ प्रतिशतभन्दा बढी हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ