युक्रेन युद्धमा नेटो देशहरूको प्रत्यक्ष संलग्नता स्वीकार्य छैन - रुस
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
1.7k
Shares
काठमाडौँ । रुसले युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा प्रत्यक्ष नेटोको संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् ।
लाभरोभले यो कदमलाई रूसी सङ्घ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रूपमा चित्रण गरेका छन् । युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत दिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बुधवार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि यो टिप्पणी आएको हो ।
यद्यपि उनले सेनाहरू अग्रपङ्क्तिको लडाइँमा संलग्न नहुने बताए । विदेशमन्त्रीले युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्बन गर्नाले द्वन्द्व चाँडै अन्त्य गर्न मद्दत गर्न सक्ने बताए ।