arrow

भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि रकम अभाव हुँदैनः गृहमन्त्री लेखक [भिडियो]

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
ramesh-11-22.jpg

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले भूकम्पबाट प्रभावितहरुको स्थायी आवास पुनर्निर्माणका लागि आवश्यक रकमको कुनै कमी नहुने बताएका छन् । डडेल्धुरा जिल्लामा भूकम्प प्रभावित नागरिकहरूको निजी आवास पुनर्निर्माणको पहिलो किस्ता रकम हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बताए ।

बिहीबार अबेर राति डडेल्धुरा पुगेका मन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित अमरगढी नगरपालिका–३ का लाभग्राही प्रकाशराज उप्रेतीलाई पहिलो किस्ता बापतको रकम हस्तान्तरण गरे । 

गृहमन्त्री लेखकले भूकम्प प्रभावित स्थायी आवास निर्माण कार्यमा स्थानीय प्रशासन र स्थानीय तहको सहयोगको आवश्यकता औंल्याउँदै स्थानीय सरकारको भूमिका पुनर्निर्माण कार्यमा अत्यन्त महत्वपूर्ण रहने बताए । 

उनले मापदण्ड र नियमावली बनाउन ढिलाई भएका कारण स्थायी आवास निर्माणको काममा केही ढिलाई हुन पुगेको भए पनि अव काम अगाडि बढेको बताए । विस्तृत क्षति आंकलन र निजी घरहरुको पुनर्निर्माण एवं पुनःस्थापनाका लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएकाले जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षति आंकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनस्र्थापनाको काम अगाडि बढेको बताए । 

शुक्रबार बझाङ पुगेर भूकम्पबाट प्रभावित पुनर्निर्माणको काम शुरु भएको घोषणा गर्ने र प्राधिकरणको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

बझाङमा बढी मात्रामा क्षति भएको हुनाले प्राधिकरणको अस्थायी कार्यालय खोल्न लागिएको बताए । अछाम र जाजरकोटमा पनि प्राधिकरणको आयोजना कार्यान्वयन इकाइ कार्यालय खोल्न लागिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ