युक्रेनलाई दिँदै आएको सैन्य सहयोग अमेरिकाले रोक्यो
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
1.9k
Shares
काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले रिपोर्ट गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
यस क्रममा युक्रेनलाई यस अघि दिने भनिएका र युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।