झलनाथको आरोप- एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
677
Shares
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी कांग्रेस भए पनि कांग्रेसकै बुई चढेर हिँडिरहेको बताए ।
उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए । उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही गर्यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब त्यो खालका गतिविधि हामीले हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी सङ्गठन निर्माण गर्दै जानुपर्छ ।’