arrow

अध्यादेशबाट देश चलाउन हुन्न : नेता खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
jhalanath-khanal-81-8-22.jpg
फाइल तस्बिर

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन् । 

समाजवादी प्रेस सङ्गठन नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले भने, “दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुका साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न ।”

आगामी दिनमा बाम गठबन्धन हुने/नहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ