महिला यू–१९ विश्वकपको एसिया क्वालिफायर शुरु, नेपाल र थाइल्याण्ड भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
475
Shares
काठमाडौँ । महिला यू–१९ विश्वकप क्रिकेटको एसिया क्वालिफायर आजदेखि शुरु भएको छ । सन् २०२५ मा हुने महिला यू–१९ विश्वकपका लागि एसिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र यूएई खेल्दै छन् ।
क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुने छ । चार देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुने छ ।
आज नेपालले पहिलो खेलमा थाइल्याण्डको सामना गर्दै छ । खेल दिउँसो ३ः१५ बजेदेखि शुरु हुनेछ ।
नेपालको खेल कहिले कहिले ?
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ ।
तेस्रो खेल शनिबार यूएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै आइतबार फे।ि थाइल्याण्डसँग खेल्नेछ ।
आगामी मंगलबार कुवेतसँग खेल्नेछ भने अन्तिम खेल आगामी बुधबार यूएईविरुद्ध खेल्ने छ ।
को को छन् नेपाली टिममा ?
नेपाल क्रिकेट संघ क्यानले तीन चरणको बन्द सत्र राखेर पूजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको हो ।
विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।