एक खेलअघि नै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा, शनिबार अष्ट्रेलियासँग भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १६ शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाल हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङ्गल्याण्डलाई पराजित गरेको नेपाल एक खेलअघि नै क्वार्टरफाइनलमा पुगेको हो ।
पुल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङ्गल्याण्डलाई पराजित गरेपछि नेपालको क्वार्टरफाइनल निश्चित भएको हो । नेपालले पुल बीको अन्तिम खेलमा शनिबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाले इङ्गल्याण्डलाई ३४ रनले हराएको हो ।
नेपालले क्वाटरफाइनलमा पुल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।
पुल बी बाट अस्ट्रेलिया पनि क्वार्टरफाइनलमा पुगेको छ । इङ्गल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ ।
नेपाल र अस्ट्रेलियाबीचको खेल शनिबार बिहान ६ः१५ बजे हुने छ ।